सुदूरपश्चिम प्रदेशसभाका विषयगत समितिका सभापति चयन


 


धनगढी, पुस २५ । सुदूरपश्चिम प्रदेशसभाका विषयगत समितिका सभापति चयन गरिएको छ ।

प्रदेशसभाको दोस्रो कार्यकाल सुरु भएको एक वर्षभन्दा बढी समय पछि बुधबार चारवटा विषयगत समितिका सभापति चयन गरिएको हो ।

प्रदेश सभा सचिवालयका अनुसार सामाजिक विकास समितिको सभापतिमा नेकपा एकीकृत समाजवादी पार्टीकी सासंद माया पन्त, विधायन तथा प्रदेश मामिला समितिको सभापतिमा कांग्रेसका दिवानसिंह विष्ट, अर्थ विकास तथा प्राकृतिक स्रोत समितिको सभापतिमा नागरिक उन्मुक्ती पार्टीका संसदीय दलका नेता घनश्याम चौधरी र सार्वजनिक लेखा समितिको सभापतिमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सासंद वीरबहादुर थापा चयन भएका छन् ।

सत्ता गठबन्धनभित्र रहेको नेकपा माओवादी केन्द्रलाई पनि सभापति दिन हाउसबाट सर्वसम्मतिमा विशेष अधिकार समिति थप गर्ने सहमति भएको छ । समिति थप गरेर भागवण्डा मिलाउन सकिने विकल्पमा दलहरुबीच यसअघि नै सहमति भइसकेको छ ।

प्रकाशित मिति: २५ पुस २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्