राष्ट्रिय पुरुष भलिबलको उपाधिका लागि पुलिस र एपीएफ भिड्ने


 


काठमाडौं, पुस २५ । ३४ औं राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधिका लागि पुलिस क्लव र एपीएफ भिड्ने भएका छन् ।

त्रिभुवन आर्मी क्लबलाई सोझो सेटमा पराजित गर्दै पुलिसले फाइलनल उपाधिका लागि एपिएफसंग भिड३ने पक्का भएको हो ।

विरेन्द्रनगरको खुल्ला मञ्चमा भइरहेको प्रतियोगितामा पुलिसले आर्मीलाई २५–२१, २५–२३ र २५–१९ मा पराजित गर्यो ।

समुह ए को उपविजेताको रुपमा सेमिफाइनलमा आएको पुलिसले समुह बीको विजेताको रुपमा अपराजित रहँदै सेमिफाइनल आएको आर्मीलाई पराजित गरेको हो ।

यसअघि एपीएफ गण्डकी प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गर्दै फाइनल प्रवेश गरेको हो ।

बिहीबार बिहान ९ बजे तेस्रो स्थानका लागि त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेशबस्च खेल हुनेछ । फाइनल खेल बिहीबार दिउँसो १ बजे हुनेछ ।

प्रकाशित मिति: २५ पुस २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्