जापान भूकम्पमा परेर मृत्यु हुनेको सङ्ख्या २ सय नाघ्याे


 


टोकियो । जापानमा गएको शक्तिशाली भूकम्पका कारण बुधबारसम्म मृत्यु हुनेको सङ्ख्या २०३ पुगेको पुगेको छ । अझै ६८ जना बेपत्ता भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।

सुजु सहरमा ९१, वाजिमा ८१, अनमिजुमा २०, नानाओमा पाँच, नोटोमा तीन, शिका र हाकुईमा एक/एक जनाको मृत्यु भएको पुष्टि भएको छ । प्रभावित क्षेत्रमा, भवन भत्किने जोखिम मूल्याङ्कनमा उच्च ध्यान केन्द्रित गरिएको छ ।

क्षेत्रीय अधिकारीहरूका अनुसार, कोभिड–१९ र इन्फ्लुएन्जाजस्ता संक्रामक रोगहरूको बढ्दो जोखिमको बीचमा २६ हजारभन्दा बढी व्यक्तिहरूले विभिन्न शिविरहमा आश्रय लिइरहेका छन् ।

प्रकाशित मिति: २५ पुस २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्