सीआईबीले गर्याे रामबहादुर बम्जनलाई सार्वजनिक


 


काठमाडौं, पुस २५ । तपस्वी भनिएका रामबहादुर बम्जनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बुधबार सार्वजनिक गरेको छ ।

मंगलबार बुढानिलकण्ठबाट पक्राउ गरिएका बम्जनलाई ब्यूरोको महाराजगञ्जस्थित कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बम्जनलाई सार्वजनिक गरेको हो ।

घरबाट पक्राउ परेका बम्जनमाथि सर्लाही जिल्ला अदालतले २०७६ सालमा पक्राउ पुर्जी जारी गरेको थियो । उनलाई सर्लाही जिल्ला अदालतमा पेश गर्ने तयारी रहेको सीआईबीका प्रवक्ता नवराज अधिकारीले बताए ।

उनीमाथि बाल यौन दूराचारको आरोप रहेको छ । प्रहरीले बम्जनसँगै उनको घरबाट ३ करोड ३ लाख ७५ हजार ५०० रुपैयाँ र विभिन्न १७ देशका मुद्रा गरी ३० लाख ९२ हजार ४०६ रुपैयाँ बरामद गरेको छ ।

प्रकाशित मिति: २५ पुस २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्