गाँजा मिसाइएको केक तथा कुकिज बेच्ने २ जना पक्राउ


 


काठमाडौँ, पुस २५ । गाँजा मिसाएर केक र कुकिज तयार गरेर विक्री वितरण गर्ने कार्यमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोहमद फाजिल र शालोम सादा लेप्चा जैसी छन् ।

सामाजिक सञ्जालमा अकाउन्ट बनाएर अवैध लागु औषध गाँजा प्रयोग गरी केक र कुकिज बनाई बिक्री वितरण हुने गरेको विशेष सूचनाको आधारमा लागु औषध नियन्त्रण ब्युरोले उनीहरुलाइएै मंगलबार पक्राउ गरेर बुधबार सार्वजनिक गरेको हो । प्रहरीका अनुसार उनीहरूले राजधानीको एकान्त कुनामा घर भाडा लिई एक वर्षदेखि यस्तो कार्य गर्दै आएको खुलेको छ ।

खानतलासीको क्रममा प्रहरीले गाँजा १ केजी १०० ग्राम, डाँठसहितको गाँजा १ केजी ५६८ ग्राम, विक्री गर्न तयारी अवस्थाको केक १ केजी ९०० ग्राम, माईक्रोओभन थान १, बिक्री गर्न तयारी अवस्थाको बटर ९०० ग्राम, बिक्री गर्न तयारी अवस्थाको कुकिज १ केजी ३२४ ग्राम र डिजिटल तराजु थान १ लगायतका विभिन्न सामाग्रीहरु समेत बरामद भएको प्रहरीले जनाएको छ ।

उनीहरूले गाँजा मिसावट गरिएका केक र कुकिजका विभिन्न प्रकारहरु बनाई विगत एक वर्षदेखि अनलाइनमार्फत डेलिभरी गर्ने गरेको खुलेको छ । यसअघि प्रहरीले गाँजा मिसावट गरी अवैध रूपमा केकको विक्री वितरण गर्ने विशान मानन्धरलाई पक्राउ गरेको थियो ।

प्रकाशित मिति: २५ पुस २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्