भीमाद जिप दुर्घटनामा मृतकको संख्या २ पुग्यो


 


काठमाडौँ, पुस २५ । तनहुँको भीमानमा भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या दुई पुगेको छ ।

दुर्घटनामा घाइतेमध्ये २ जनाको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी मोहन बहादुर खाँणले जानकारी दिए ।

उनका अनुसार जिपमा सवार रुम बहादुर बिक र जेमलाल दरैको उपचारको क्रममा जिपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्र बेलचौतारा तनहुँमा मृत्यु भएको हो ।

बुधबार बिहान साढे ९ बजे भिमाद नगरपालिका वडा नम्बर ३ सुनाकोटमा पोखराबाट पाल्पातर्फ जाँदै गरेको ग १ ज ६३५६ नम्बरको जिप सडकबाट करिब १५० मिटर तल खोलामा खसेको थियो ।

दुर्घटनामा अन्य १० घाइते भएका छन् । उनीहरूमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रशरीले जनाएको छ । घाइतेहरुको विभिन्न अस्पतालहरूमा उपचार भइरहेको छ ।

प्रकाशित मिति: २५ पुस २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्