नेपालको आर्थिक वृद्धिदर पाँच प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण


 


काठमाडौं, पुस २५ । विश्व बैंकले आगामी आर्थिक वर्ष २०२४/२५ मा नेपालको आर्थिक वृद्धि ५ प्रतिशतले बढ्ने प्रक्षेपण गरेको छ ।

विश्व बैंकले चालू आर्थिक वर्षमा नेपालले ३.९ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने प्रक्षेपण गरेको थियो । त्यस्तै, विश्व बैंकले छिमेकी मुलुक भारतले ६.५ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने प्रक्षेपण गरेको छ । जुन दक्षिण एसियामा भारतले सबैभन्दा धेरै आर्थिक वृद्धि हासिल गर्ने उल्लेख छ ।

त्यसैगरि, बङ्गलादेशले ५.८ प्रतिशत, मालदिभ्सले ५.५ प्रतिशत, भुटानले ४.६ प्रतिशत, पाकिस्तान २.४ र श्रीलंकाले समान २.४ प्रतिशते आर्थिक वृद्धिदर हासिल गर्ने विश्व बैंकको प्रक्षेपण छ ।

प्रकाशित मिति: २५ पुस २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्