संसद बैठक अवरोध गर्ने एमालेको तयारी


 


काठमाडौं, पुस ७

व्यवस्थापिका संसदको बैठक आज बस्दै छ । बैठक नयाँ बानेश्वर स्थित संसद भवनमा दिउसो १ बजेका लागि बोलाइएको छ ।

सरकारले मधेसी मोर्चाको माग संबोधनका लागि भन्दै संविधान संशोधन विधेयक संसदमा दर्ता गराए पति प्रमुख प्रतिपक्षी दल एमालेले लगातार सदन सात पटक सम्म अवरुद्ध गरिसकेको छ ।

एमालेले आजको संसद बैठक पनि अवरुद्ध गर्ने तयारी गरेको छ । लगातारको सदन अवरोधका कारण संविधान संशोधन विधेयक अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की विरुद्धको महाअभियोग प्रस्ताव माथिको छलफल समेत अलमलमा परेको छ ।

प्रधानमन्त्री तथा सभामुखले संसदमा उत्पन्न गरिरोध अन्त्यका लािग पहल गरे तापनि दलहरुका आ आफ्नै अडानका कारण सम्भव हुन सकेको छैन् ।

प्रकाशित मिति: ७ पुस २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्