रामबहादुर बमजनलाई सार्वजनिक गर्दै प्रहरी


 


काठमाडौं, पुस २५ । तपश्वी भनेर चिनिएका रामबहादुर बमजनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले आज (बुधबार) दिउँसो सार्वजनिक गर्ने भएको छ ।

प्रहरीले उनलाई सार्वजनिक गरेपछि आजै सर्लाही पठाउने तयारी पनि गरेको छ । उनीविरूद्ध सर्लाहीमा मुद्दा भएकाले जिल्ला प्रहरी कार्यालय सर्लाहीलाई बुझाउने तयारी रहेको सिआइबी स्रोतले जनाएको छ ।

उनलाई हिजाे (मंगलबार) बुढानिलकण्ठबाट पक्राउ गरेको थियो । सिआइबीको टोलीले उनको घरबाट तीन करोड ३ लाख रुपैयाँ, १५ वटा मोबाइल, तीनवटा ल्यापटप र ३५ वटा पेनड्राइभ बरामद गरेको छ ।

उनीविरूद्ध आश्रममा बस्दै आएका तीन आनी र २ चेला गरि ४ जनालाई बेपत्ता पारेको, एकजनाको हत्या गरेको, एकजनालाई बलात्कार गरेको आरोप छ ।

बमजनका विभिन्न आश्रमबाट बेपत्ता पारिएका र हत्या गरिएका पाँचै जना आनी र अनुयायीका परिवारले प्रहरीमा जाहेरी दिएका थिए ।

प्रकाशित मिति: २५ पुस २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्