पोखराबाट पाल्पा जाँदै गरेको जिप तनहुँको भिमादमा दुर्घटना


 


पोखरा, पुस २५ । तनहुँको भिमादमा जिप दुर्घटनामा परेको छ ।

पोखराबाट पाल्पाको रामपुर जाँदै गरेको जिप आज (बुधबार) बिहान दुर्घटनामा परेको हो ।

बसलाई साइड दिने क्रममा जिप सडकबाट करिव डेढ सय मिटर तल खसेको प्रहरीले बताएको छ । चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सो जिपमा १०–१२ जना यात्रु रहेको र उनीहरुको अवस्थाको बारेमा थाहा हुन सकेको छैन ।

दुर्घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २५ पुस २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्