सुनको मूल्य आज पनि घट्यो, कति छ तोलाको ?


 


काठमाडौं, पुस २५ । नेपाली बजारमा केही दिनदेखि घट्दै गइरहेको सुनको मूल्यले आज पनि निरन्तरता पाएको छ ।

सुन आज पनि तोलामा एक सय रुपैयाँ घट्दै प्रतितोला एक लाख १८ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ ।

सुन हिजो प्रतितोला एक लाख १८ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँ घट्दै प्रतितोला एक हजार चार सय १० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: २५ पुस २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्