कोशी प्रदेशसभाको सभामुखमा राप्रपाका विष्ट सर्वसम्मत चयन


 


विराटनगर, पुस २४ । कोशी प्रदेशसभाको सभामुखमा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०का सांसद अम्बर बहादुर विष्ट सर्वसम्मत चयन भएका छन् ।

कोशी प्रदेशसभाको आज ९मंगलबार० बसेको बैठकबाट उनी सर्वसम्मत सभामुख चयन भएका हुन् ।

गत साउन १६ गते सभामुखबाट बाबुराम गौतमले राजीनामा दिएपछि उक्त पद रिक्त बनेको थियो ।

दिउँसो ३स्३५ मा बसेको प्रदेशसभा बैठकमा विष्टको एकल उम्मेदवारी परेको भन्दै राप्रपा संसदीय दलका नेता तथा प्रस्तावक भक्ति प्रसाद सिटौला र समर्थक प्रेमराज थाम्सुहाङले सभामुखमा निर्वाचित गर्न प्रस्ताव पेस गरेका थिए ।

एकल प्रस्ताव परेको भन्दै उपसभामुख सिर्जना दनुवारले निर्विरोध निर्वाचित गरेको घोषणा गरेकी हुन् ।

प्रकाशित मिति: २४ पुस २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्