नेप्से आज २० अंकको वृद्धि, ६ अर्ब बढीको कारोबार


 


काठमाडौं, पुस २४ । नेपाल स्टक एक्सचेञ्ज ९नेप्से०मा साताको कारोबारको तेस्रो दिन आज मंगलबार दोहोरो अंकले बढेर बन्द भएको छ । आज नेप्से २०.६२ अंकले बढेर दुई हजार ८० दशमलव १२ विन्दुमा बन्द भएको हो ।

त्यस्तै, आज ६ अर्ब ११ करोड ८३ लाख १७ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो । आज कारोबार भएकामध्ये १६५ कम्पनीको शेयरमूल्य बढेको छ भने ७७ कम्पनीको शेयरमूल्य घटेको छ । ५ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

नेप्सेका अनुसार आठ कम्पनीको शेयरमूल्यमा १० प्रतिशतले बढेको छ । त्यस्तै, आज तीन कम्पनीको शेयरमूल्यमा ९ प्रतिशतको वृद्धि भएको छ भने तीन कम्पनीको शेयरमूल्यमा ८ प्रतिशतको वृद्धि भएको छ ।

त्यस्तै, धौलागिरी लघुवित्त वित्रीय संस्था लिमिटेडका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यस कम्पनीको शेयरमूल्य आज ८.१९ प्रतिशतले घटेको छ ।

सबैभन्दा बढी कारोबार सोनापुर मिनिरल्स एण्ड वेल लिमिटेडको भएको छ । आज यस कम्पनीको २१ करोड ४९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

प्रकाशित मिति: २४ पुस २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्