सिराहामा मिटरब्याज पीडितमाथि खुकुरी प्रहारको प्रयास, एकजना पक्राउ


 


काठमाडौं, पुस २४ । सिराहामा मिटरब्याजी पीडितलाई खुकुरी प्रहारको प्रयास भएको छ ।

जिल्लाको कल्याणपुर नगरपालिका वडा नम्बर ८ अरङका मिटरब्याज पीडित सञ्जयकुमार कामतीमाथि सोमबार दिउँसो खुकुरी प्रहारको प्रयास भएको हो ।

खुकुरी प्रहारको प्रयास आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही ठाउँका रामबाबु साह रहेको इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी जितेन्द्र बस्नेतले जानकारी दिए ।

साहले कामतीमाथि खुकुरी देखाएको भिडिओ सामाजिक सञ्जालमा भाइरल समेत भएको छ । यसरी भिडिओ भाइरल बनेपछि प्रहरीले मंगलबार साहलाई नियन्त्रणमा लिएको हो ।

डिएसपी बस्नेतका अनुसार मिटरब्याजसम्बन्धी उजुरीमाथि जिल्ला प्रशासन कार्यालय सिराहामा दुई पक्षबीच छलफल चलिरहेको छ । कामतीले आफ्नो घर मिटरब्याजीले बेचिदिएको भन्दै प्रशासन कार्यालयमा निवेदन दिएका थिए ।

प्रकाशित मिति: २४ पुस २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्