माइतीघरबाट डा. गोविन्द केसीसहित दुई जना पक्राउ


 


काठमाडौं, पुस २४ । काठमाडौंको माइतीघरबाट डा. गोविन्द केसीसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

दिउँसो सवा १ बजे प्रदर्शन गर्न माइतीघर पुगेका केसीसहित केही व्यक्तिहरूलाई प्रहरीले पक्राउ गरेको हो ।

निषेधित क्षेत्रमा प्रदर्शन गरेको हुँदा उनीहरूलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुमोध ढुंगेलले जानकारी दिए ।

उनका अनुसार डा. केसीसहितका व्यक्तिहरु द्वन्द्वकालका पीडितलाई न्याय देऊ, माइतीघरको निषेधाज्ञा फिर्ता गर लगायतका मागहरू राखेर प्रदर्शन गर्न पुगेका थिए ।

प्रकाशित मिति: २४ पुस २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्