बैतडीमा खेलाडीमाथि धारिलो हतियार प्रहार, ६ जना पक्राउ


 


बैतडी, पुस २४ । बैतडीको दोगडाकेदार गाउँपालिमा जारी पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी खेलाडीमाथि धारिलो हतियार प्रहार भएको छ ।

दोगडाकेदारको पन्ज्युनयाँ खेलमैदानमा सञ्चालन भइरहेको प्रतियोगितामा सोमबार साँझ एक समूहले केदार मावि, पिपलकोटका खेलाडी समेत रहेका विद्यार्थी १७ वर्षीय विशाल कार्कीमाथि धारिलो हतियार प्रहार गरेको हो । उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले घटनामा संलग्न ६ जनालाई नियन्त्रणमा लिएको जनाएको छ । उनीहरूलाई इलाका प्रहरी कार्यालय पाटनमा राखिएको र अदालतमा मुद्धा चलाई म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका निमित्त प्रमुख, नन्दराज जोशीले जानकारी दिए ।

दोगडाकेदार गाउँपालिकामा आइतबारदेखि पालिकास्तरीय रनिङ शिल्ड प्रतियोगिता जारी छ ।

प्रकाशित मिति: २४ पुस २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्