कोशीमा सभामुख लिने विषयले राप्रपामा विवाद, केन्द्रबाट चेतावनी


 


काठमाडौँ, पुस २४ । कोशी प्रदेशमा सभामुख लिने विषयले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा विवाद चुलिएको छ ।

पार्टी सरकारमा भएको बेला सभामुख लिने काम भएपनि अहिले त्यस्तो नीति नभएको भन्दै महामन्त्री धवलशम्शेर राणाले कोही त्यसरी गए कारबाही हुने बताएका छन् ।

सत्ता गठबन्धन र विपक्षी एमालेको समर्थनमा राप्रपाको कोशी प्रदेश संसदीय दलले अम्बरबहादुर विष्टलाई सभामुखमा अगाडि सारेपछि महामन्त्री राणाको यस्तो भनाई आएको हो ।

संघीयता र गणतन्त्रलाई संस्थागत गर्नुपर्ने सभामुखको जिम्मेवारी भएकाले त्यसमा राप्रपा जान नहुने राणाको तर्क छ ।

राप्रपा कोशी प्रदेश संसदीय दलका नेता भक्ति सिटौलाले भने सभामुख नलिने भए प्रदेश सांसदलाई पनि राजीनामा गराउनुपर्ने बताएका छन् ।

यस विषयमा राप्रपाको निर्देशक समितिको छलफल भइरहेको समितिका अध्यक्ष डा प्रकाश चन्द्र लोहनीले बताए ।

प्रकाशित मिति: २४ पुस २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्