आप्रवासीको विवाद बढेपछि फ्रान्सकी प्रधानमन्त्री एलिजाबेथले दिइन् राजीनामा


 


एजेन्सी । फ्रान्समा आप्रवासीको विषयमा राजनीतिक विवाद बढ्दै गएपछि प्रधानमन्त्री एलिजाबेथ बोर्नले पदबाट राजीनामा दिएकी छन् ।

फ्रान्समा केही विदेशी नागरिकहरूलाई देश निकाला गर्ने विवादास्पद आप्रवासन कानुन राष्ट्रपतिबाट जारी भएपछि राजनीतिक तनाव बढेको थियो ।

म्याक्रोन राष्ट्रपतिको रूपमा दोस्रो कार्यकालका लागि निर्वाचित भएपछि मे २०२२ मा बोर्नलाई प्रधानमन्त्री नियुक्त गरेका थिए ।

प्रकाशित मिति: २४ पुस २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्