इलाममा खुकुरी प्रहार गरी बुवाले गरे छोराको हत्या


 


इलाम, पुस १४ । इलाममा खुकुरी प्रहार गरी छोराको हत्या गरेको आरोपमा बुवा पक्राउ परेका छन् ।

जिल्लाको माई नगरपालिका वडा नम्बर ६ बिहीबारेमा सोमबार राति ९ बजे बुवा दिलकुमार राईले आफ्ना १९ वर्षीय छोरा जीवनको पेटमा खुकुरी प्रहार गरेर हयत गरेका हुन् ।

घरायसी विवाद हुँदा दिलकुमारले छोरा जीवनमाथि खुकुरी प्रहार गरेको पाइएको जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रकाश जबेगुले जानकारी दिए।

खुकुरी प्रहार भएपछि घाइते भएका जीवनको उपचारको लागि राति नै झापास्थित बिएण्डसी अस्पतालमा पठाइएको थियो ।

त्यहाँ उपचारको क्रममा मंगलबार बिहान सवा ३ बजे मृत्यु भएको डिएसपी जबेगुले बताए । घटनासम्बन्धी थप अनुसन्धान अघि बढाइएको उनले बताए ।

प्रकाशित मिति: २४ पुस २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्