सुनको मूल्य आज पनि घट्यो, चाँदीको स्थिर


 


काठमाडौं, पुस २४ । नेपाली बजारमा आज सुनको मूल्य आज पनि घटेको छ ।

सुन आज तोलामा दुई सय रुपैयाँ घट्दै प्रतितोला एक लाख १८ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । सुन हिजो प्रतितोला एक लाख १८ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य भने स्थिर रहँदै प्रतितोला एक हजार चार सय १५ रुपैयाँमा नै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: २४ पुस २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्