अतिवादीविरुद्ध क्यानाडाले कदम चालोस् : भारत


 


नयाँ दिल्ली । अतिवादीविरुद्ध क्यानाडाले कदम चालोस् भन्ने आफूहरुको चाहना रहेको भारतले जनाएको छ ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले क्यानाडामा रही त्यहाँको वाक् स्वतन्त्रताको दुरुपयोग गर्ने अतिवादीविरुद्ध त्यहाँको सरकारले कदम चाल्नुपर्ने बताएका हुन् ।

उनले लामो समयदेखि क्यानाडामा अतिवादी, आतंकवादी र भारत विरोधी तत्वहरुले ठाउँ पाइरहेको भन्दै भारतका लागि त्यो नै मुख्य विषय भएको बताए । भारत आफ्नो अडानमा दृढ रहेको प्रवक्ता बागचीले उल्लेख गरेका छन् ।

पछिल्लो समय क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले खलिस्तानी आतंककारी हरदीपसिंह निज्जरको हत्यामा भारतको संलग्नता रहेको बताएयता भारत र क्यानाडाबीचको सम्बन्ध चिसिएको छ । भारतले प्रधानमन्त्री ट्रुडोको आरोप खण्डन गर्दै आएको छ ।

प्रकाशित मिति: २३ पुस २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्