भतिज र श्रीमतीको अबैध सम्बन्ध ! श्रीमानले गरे दुबैकाे हत्या


 


काठमाडौँ, पुस २३ । चितवनको भरतपुरमा बोराभित्र पोको पारेर फालेको अवस्थामा भेटिएका दुई जनाको हत्या महिलाकै श्रीमानले गरेको खुलासा भएको छ ।

लामो समय मृतकको पहिचान नै हुन नसकेकोमा केन्द्रीय अनुसन्धान ब्युरोले अन्ततः मृतकको पहिचान गर्दै प्रारम्भिक अनुसन्धानमा उनीहरूको हत्यामा महिलाका पति संलग्न भएको पत्ता लगाएको हो ।

गत मङ्सिर ६ गते भरतपुर महानगरपालिका–१२ स्थित मिलन चोकमा महिला र पुरुषको शव फेला परेको थियो ।

ब्यूरोका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी उपरीक्षक नवराज अधिकारीले मृतक भारत मोतिहारी फुलबारिया सुगौली निवासी १९ वर्षीय ऋषभ कुमार कुशवाहा र सोही स्थानको सुगांव डीह निवासी ३० वर्षीया अस्मिता भन्ने सन्जु देवी रहेको बताए ।

उनका अनुसार उनीहरूको हत्या अस्मिताका पति ३३ वर्षीय अखिलेश भगतले गरेका हु् ।

मृतकहरू नेपालमा तरकारी, फलफूल व्यापारका लागि पटक–पटक आउने गरेका थिए । उनीहरू अन्तिम पटक दसैँपछि नेपाल आएर चितवनको मिलचोकमा कोठा लिएर बस्न थालेका थिए ।

दुई जनाबिच सम्बन्ध रहेको शङ्का गर्दै अस्मिताका श्रीमान् भगतले मङ्सिर २ गते दुई जनालाई उनीहरूकै कोठामा हत्या गरी जुटको बोरामा हालेर ३ गते राति साइकलमा राखेर कल्भर्टमा फालेका थिए ।

घटनापछि भगत सुटुक्क भारत फर्किएका थिए । प्रहरीले भारतीय प्रहरीसँग समन्वय गर्दा उनीमाथि अपहरण र व्यक्ति बेपत्ता सम्बन्धी एफआईआर दर्ता भई पुस १६ गते पक्राउ परेको पत्ता लागेको थियो ।

प्रकाशित मिति: २३ पुस २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्