सनराइज र लक्ष्मी क्यापिटल मार्केटले सुरु गरे एकीकृत कारोबार


 


काठमाडौं, पुस २३ । सनराइज क्यापिटल लिमिटेड र लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले आज (सोमबार)देखि एकीकृत कारोबार शुरु गरेका छन् ।

कम्पनीको प्रधान कार्यालय नयाँ बानेश्वरमा आयोजना गरिएको एक समारोहमा साबिक लक्ष्मी क्यापिटल मार्केट लिमिटेडका अध्यक्ष सुमेद भट्टराई र सनराइज क्यापिटल लिमिटेडका अध्यक्ष अपछ कुमार यादवले एकिकृत कारोबार प्रारम्भ भएको घोषणा गरेका हुन् ।

लक्ष्मी सनराइज क्यापिटल लिमिटेडको नाममा मर्चेण्ट बैकिङ्ग कम्पनीका रुपमा एकीकृत कारोबारको शुभारम्भ भएको हो ।

लक्ष्मी सनराइजले कम्पनी रजिष्ट्रारको कार्यालयबाट मंसिर २९ गते लक्ष्मी सनराइज क्यापिटल लिमिटेडको नाममा कारोबार गर्ने स्वीकृति प्राप्त गरेको थियो ।

विगत तीन दशकदेखि पुँजी बजारको उत्थानमा समर्पित यस मर्चेण्ट बैंकले आफ्ना समस्त ग्राहक वर्गलाई उच्चतम सेवा उपलब्ध गराउँदै आईरहेको र दुई कम्पनी गाभिए पश्चात नवीनतम सेवा सुविधाका साथ छुट्टै पहिचान स्थापित गर्ने लक्ष्य रहेको जनाइएको छ ।

प्रकाशित मिति: २३ पुस २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्