नेप्सेमा ३६ अंकको वृद्धि, साढ ४ अर्ब बढीको कारोबार


 


काठमाडौं, पुस २३ । साताको कारोबारको दोस्रो दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सोमबार दोहोरो अंकले बढेर बन्द भएको छ । आज नेप्से ३६.५७ अंकले बढेर दुई हजार ५९ दशमलव ४९ विन्दुमा बन्द भएको हो ।

त्यस्तै, आज ४ अर्ब ६७ करोड ५२ लाख २४ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो । आज कारोबार भएकामध्ये २१२ कम्पनीको शेयरमूल्य बढेको छ भने २९ कम्पनीको शेयरमूल्य घटेको छ । ५ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

नेप्सेका अनुसार चार कम्पनीको शेयरमूल्यमा १० प्रतिशतले बढेको छ । त्यस्तै, आज ११ कम्पनीको शेयरमूल्यमा ९ प्रतिशतको वृद्धि भएको छ भने तीन कम्पनीको शेयरमूल्यमा ८ प्रतिशतको वृद्धि भएको छ ।

त्यस्तै, नारायणी डेभलपमेन्ट बैंक लिमिटेडका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यस कम्पनीको शेयरमूल्य आज ५.४६ प्रतिशतले घटेको छ ।

सबैभन्दा बढी कारोबार आज सोनापुर मिनिरल्स एण्ड वेल लिमिटेडको २१ करोड ८४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

प्रकाशित मिति: २३ पुस २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्