मधेशमा मतदाता नामावलीमा नाम नभएपछि एमालेको उम्मेदवार परिवर्तन


 


काठमाडौं, पुस २३ । मधेश प्रदेशमा नेकपा एमाले राष्ट्रिय सभाका उम्मेदवारको मतदाता नामावलीमा नाम भनाएपछि उम्मेदवार नै परिवर्तन गरिएको छ ।

महोत्तरीका अर्जुन सिंहको नाम नामावलीमा नभएपछि एमालेले उनको ठाउँमा जनकपुरधामकी विजेता झालाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

सिंहको नाम मतदाता नामावलीमा नाम नरहेपछि उम्मेदवारी दर्ता गर्न नमिल्ने भनेर निर्वाचन कार्यालयले उनलाई फर्काइदिएको एमाले नेता सरोज यादवले बताए ।

नयाँ उम्मेदवार बनेकी झा गत स्थानीय तहको निर्वाचनताका कांग्रेस परित्याग गरी एमाले प्रवेश गरेकी थिइन् ।

प्रकाशित मिति: २३ पुस २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्