नाडाको नयाँ केन्द्रीय कार्य समिति गठन, अध्यक्षमा चौधरी


 


काठमाडौं, पुस २३ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको नयाँ काय्र्रसमिति चयन गरिएको छ ।

केन्द्रीय कार्यसमितिको पहिलो बैठकले करण चौधरीको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

बैठकले नाडाको विधान २०७१ को संशोधित विधान २०८० बमोजिमका पदाधिकारीहरू सर्वसम्मत रूपमा निर्वाचित गरेको छ।

निवर्तमान अध्यक्ष डा। ध्रुव थापा, वरिष्ठ उपाध्यक्षमा आकाश गोल्छा, संस्थागत उपाध्यक्षमा पुष्कर ओझा र तेजनारायण साह, अन्य उपाध्यक्षमा राजनबाबु श्रेष्ठ र निराकार श्रेष्ठलाई चयन गरेको छ ।

त्यसैगरी बैठकले महासचिवमा सुरेन्द्रकुमार उप्रेती, सचिवमा विक्रम सिंहानिया, कोषाध्यक्षमा मिलनबाबु मल्ल, सह(कोषाध्यक्षमा पंकज अग्रवाललाई निर्वाचित गरेको छ। संस्थागत सदस्यहरूमा सञ्जयकुमार श्रेष्ठ, कुलबहादुर क्षेत्री, कृष्णप्रसाद श्रेष्ठ, गणेशप्रसाद भट्टराई, भद्र भण्डारीलाई निर्वाचित गरेको छ ।

त्यसैगरी केन्द्रीय कार्यसमितिको सदस्य पदमा सुनिल रिजाल, प्रकाश कपुरी, कपिल शिवाकोटी, प्रदीपमान प्रधान, यमुना श्रेष्ठ, संजयकुमार खेतान, नवराज भुषाल, ऋद्धि कार्की, दिपेन्दकुमार मिश्र र सौरभ थापा निर्वाचित भएका छन् ।

यसै परिप्रेक्ष्यमा नाडाको उक्त विधान बमोजिम नवनिर्वाचित अध्यक्ष चौधरीले मेघराज पौडेल, निलमणी पाठक र सोहन श्रेष्ठलाई सोही केन्द्रीय कार्य समितिको सदस्य पदमा मनोनित गरेको छ ।

प्रकाशित मिति: २३ पुस २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्