पुठानमा खोलाले बगाएर एक युवकको मृत्यु


 


प्युठान, पुस २३ । प्युठानमा खोलाले बगाउँदा एक युवकको मृत्यु भएको छ ।

जिल्लाको प्युठान नगरपालिका–१ फुलघाटस्थित माडी खोलाले बगाएर नाम, थर, वतन नखुलेका अन्दाजी २५ वर्षीय पुरूषको आइतबार राति मृत्यु भएको प्रहरीले जनाएको छ ।

खोलाले बगाएर अशक्त भएका उनको जिल्ला अस्पताल बिजुवारमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २३ पुस २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्