प्रहरीमाथि हातपात गरेको अभियोगमा एक जना पक्राउ


 


काठमाडौं, पुस २३ । चन्द्रागिरी नगरपालिका–३ थानकोट बसपार्कस्थित डियूटीमा खटिएको प्रहरीमाथि हातपात गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका–६ घर भई काठमाडौं चन्द्रागिरी नगरपालिका–३ खरिबोट बस्ने २६ वर्षीय अनमोल रामलाई हुन् ।

उक्त स्थानमा प्रहरी वृत्त थानकोट र ट्राफिक प्रहरी प्रभाग थानकोटबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा नागढुंगाबाट आउँदै गरेको बा.५७ प ५९४६ नम्बरको स्कुटर चालक रामले प्रहरीमाथि हातपात गरेपश्चात उनलाई पक्राउ गरेको हो ।

सो क्रममा हेण्ड सेट १ थान क्षति भएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति: २३ पुस २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्