आगो ताप्ने क्रममा जलेर वृद्धको मृत्यु


 


बाँके, पुस २३ । आगो ताप्नेक्रममा नेपालगंजको मदनापुरमा एक जना वृद्धको मृत्यु भएको छ ।

आफ्नो घरको चुलामा आगो ताप्ने क्रममा अचानक चुलोमा पर्न गई आइतबार ९० वर्षीय छोटेलाल सार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।

प्रकाशित मिति: २३ पुस २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्