पाँच वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा एक युवक पक्राउ


 


उदयपुर, पुस २३ । उदयपुरको बेलकाबाट पाँच वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् ।

बेलका नगरपालिका-२ झण्डीपुर बस्ने २१ वर्षीय दिपन मगरलाई प्रहरीले आइतबार दिउँसो पक्राउ गरेको हो ।

मगरलते ती बालिकालाई बुधबार दिउँसो जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय ठोक्सिला र प्रहरी चौकी भागलपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।

प्रकाशित मिति: २३ पुस २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्