माओवादी केन्द्रकी नेतृ कार्कीले दर्ता गराइन् उम्मेदवारी


 


विराटनगर, पुस २३ । नेकपा (माओवादी केन्द्र) की नेतृ चम्पा कार्कीले कोशी प्रदेशबाट राष्ट्रियसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएकी छन् ।

सोमबार विराटनगरस्थित निर्वाचन अधिकृतको कार्यालयमा कार्कीले उम्मेदवारी दर्ता गराएकी हुन् ।

कार्कीलाई माओवादी केन्द्रले आइतबार राष्ट्रियसभा सदस्यका लागि उम्मेदवार छनोट गरेको थियो ।

प्रकाशित मिति: २३ पुस २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्