राष्ट्रियसभा सदस्यका लागि सिटौलाले गरे उम्मेदवारी दर्ता


 


विराटनगर, पुस २३ । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले कोशी प्रदेशबाट राष्ट्रियसभा सदस्यको उम्मेदवारी दर्ता गराएका छन् ।

उनले विराटनगरस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर राष्ट्रियसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका हुन् । सिटौलाको प्रस्तावकमा प्रदिप सुनुवार र समर्थक हिमाल कार्की रहेका छन् ।

सिटौलालाई आइतवार कांग्रेस संसदीय बोर्डको बैठकले राष्ट्रियसभा सदस्यको उम्मेदवार बनाउने निर्णय गरेको थियो ।

प्रकाशित मिति: २३ पुस २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्