भोजपुरको तीन क्विन्टल गाँजा सुनसरीमा बरामद, दुई जना पक्राउ


 


विराटनगर, पुस २३ । तीन क्विन्टल गाँजासहित सुनसरी प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

भारत तस्करी हुन लागेको ठूलो परिमाणको गाजासहित सुनसरीको कोशी गाउँपालिका ६ कोशी कटानबाट आइतबार राती दुई जना पक्राउ परेका हु् ।

पक्राउ पर्नेमा भारतीय नागरिक अरवीन्द कुमार र कोशि गाउँ पालिका ५ का महोमद सागर मियाँ रहेका छन् ।

उनीहरुले को २ त ६८९० नम्बरको ट्याक्टरमा लोड गरेर भारत लैजाने क्रममा पक्राउ गरिएको सुनसरी प्रहरी प्रमुख एसपी विपिन रेग्मीले जानकारी दिए । उनका अनुसार उक्त गाँजा भोजपुरबाट सप्तकोशी हुँदै ल्याएको हो ।

प्रकाशित मिति: २३ पुस २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्