सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?


 


काठमाडौं, पुस २३ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।

सुन आज तोलामा सात सय रुपैयाँ घट्दै प्रतितोला एक लाख १८ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

सुन हिजो प्रतितोला एक लाख १९ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य तोलामा पाँच रुपैयाँ घट्दै प्रतितोला एक हजार चार सय १५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: २३ पुस २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्