प्रभु इन्स्योरेन्सको सीईओमा बज्राचार्य पुन: नियुक्त


 


काठमाडौं, पुस २२ । प्रभु इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सन्चित बज्राचार्य पुन: नियुक्त भएका छन ।

प्रभु इन्स्योरेन्सको सञ्चालक समितिले उनलाई चार वर्षका लागि नियुक्त गरेको हो । यसअघि उनी सोही कम्पनीका कार्यकारी प्रमुख रहेका थिए ।

बीमा ऐन, २०७९ को दफा ५७ ९१० अनुसार २०८० माघ १ गतेदेखि लागू हुने गरि ४ वर्षको लागि उनलाई कम्पनीको सीईओमा नियुक्त गरिको कम्पनीले जनाएको छ । बज्राचार्य सन् २००९ देखि सोहि कम्पनीमा आवद्ध छन् ।

प्रकाशित मिति: २२ पुस २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्