चार वर्षीया छोरीलाई यातना दिएको आरोपमा बाबु पक्राउ


 


काठमाडौं, पुस २२ । मकवानपुरको हेटौडामा चार वर्षीया छोरीलाई कुटपिट गरेर यातना दिएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

महोत्तरी एकडारा गाउँपालिका–३ घर भई हेटौंडा उपमहानगरपालिका–५ बस्ने २७ वर्षीय रामजी मण्डललाई शनिबार साँझ नियन्त्रणमा लिइएको हो।

छोरीलाई नपढेको भन्दै कुटपिट गरी यातना दिएपछि उनलाई मकवानपुरका एसपी सीताराम रिजालले बताए ।

मण्डलले छोरीलाई नपढेको भन्दै पेन्सिलले कानमा घोचिदिने, हात र कानमा टोकिदिएर घाउ बनाएको आरोप छ । यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २२ पुस २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्