माओवादीबाट राष्ट्रिय सभा उम्मेदवारको टुंगाे, कुन प्रदेशमा काे ?


 


काठमाडौं, पुस २२ । नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभामा उम्मेदवारको नाम टुंग्याएको छ । राष्ट्रिय सभा सदस्यको उम्मेदवारमा माओबादी केन्द्रको भागमा ६ सिट परेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकले कोशीबाट महिला कोटामा चम्मादेवी कार्की, बागमतीमा अन्यतर्फ श्रीकृष्ण अधिकारी, गण्डकीमा महिलातर्फ मनरूपा शर्मा, लुम्बिनीमा अन्यमा झक्कु सुवेदी, कर्णालीमा दलित कोटामा विष्णु विश्वकर्मा र सुदूरपश्चिममा महिला कोटामा रेणु चन्दको नाम टुंगो लगाएको सचिव देवेन्द्र पौडेलले जानकारी दिए ।

राष्ट्रिय सभामा रिक्त हुने १९ पदका लागि माघ ११ गते निर्वाचन हुँदैछ । त्यसका लागि भोलि उम्मेदवार दर्ता गर्ने कार्यतालिका छ ।

गठबन्धनको बैठकबाट नेपाली कांग्रेसलाई १०, नेकपा एकीकृत समाजवादीलाई २ र जसपालाई १ सिट दिने सहमति भएको थियो । तीन सिट मागेको नेकपा एकीकृत समााजवादी भागबन्डाबाट असन्तुष्ट छ ।

प्रकाशित मिति: २२ पुस २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्