सर्लाहीको बरहथवामा फेरि तनाव, प्रहरीद्वारा अश्रुग्याँस प्रहार


 


जनकपुरधाम, पुस २२ । सर्लाहीको बरहथवामा एक युवकको मृत्यु भएको विषयमा फेरि तनाव सृजना भएको छ ।

स्थानीय बासिन्दाले इलाका प्रहरी कार्यालय बरहथवा र बरहथवा नगरपालिकाकी मेयर कल्पना कुमारी कटवालको घरमा ढुंगामुढा गरेपछि अवस्था तनावपूर्ण भएको हो ।

प्रहरीले प्रदर्शनकारीलाई लखेट्न ८ सेल अश्रुग्यास हानेको सर्लाहीका प्रहरी प्रवक्ता डीएसपी दीपेन्द्र सिंह थारुले जानकारी दिए ।

गत शुक्रबार बरहथवा–६ को प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नतिको विषयमा भएको प्रदर्शनका क्रममा गोली लागेर स्थानीय सर्लाही होटेलका सञ्चालक तथा कुखुरा दानाका थोक बिक्रेता जयशंकर साहको घटनास्थलमै मृत्यु भएको थियो । आफन्त र स्थानीय बासिन्दाले उनको शव उठाउन मानेका छैनन् ।

प्रकाशित मिति: २२ पुस २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्