माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु


 


काठमाडौं, पुस २२ । सिन्धुलीमा माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु भएको छ ।

जिल्लाको फिक्कल गाउँपालिका-५ का ७४ वर्षीय मनबहादुर बुढाथोकीको शनिवार साँझ घर नजिकै बारीको कान्ला खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता प्रहरी नायब उपरीक्षक चिरन्जीवी दाहालका अनुसार साँझ अबेरसम्म घर नफर्किएपछि आफन्तले उनको खोजी सुरु गरेका थिए ।

खोज्ने क्रममा घरबाट एक सय मिटर अगाडि चप्पल भेटेका थिए। चप्पल भेटिएको ठाउँ नजिक बारीको काल्लामा ढिस्को झरेको देखेपछि खोतल्दा बुढाथोकीलाई मृत अवस्थामा फेला परेको हो।

बुढाथोकीको शव पोस्टमर्टमका लागि सिन्धुली अस्पताल पठाइएको प्रहरीले वनाएको छ ।

प्रकाशित मिति: २२ पुस २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्