राष्ट्रिय सभा निर्वाचन : सत्ता गठबन्धनमा भागबन्डा टुंगियो, कुन दलले कति उम्मेदवार पाए ?


 


काठमाडौँ, पुस २२ । राष्ट्रिय सभा निर्वाचनका लागि सत्ता गठबन्धन दलहरुबीच भागबन्डा टुंगिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको बैठकपछि कांग्रेस नेता रमेश लेखकले गठबन्धनमा भागबन्डा टुंगिएको जानकारी दिए ।
उनका अनुसार राष्ट्रिय सदभा सदस्यका कुल १९ सिटमध्ये कांग्रेसले सबैभन्दा बढी १० सिट भाग पाएको छ भने माओवादी केन्द्रले ६, एकीकृत समाजवादीले २ र जसपाले १ सिटमा भाग पाएको छ ।

उनका अनुसार कांग्रेसले कोशी प्रदेशमा १, मधेसमा १, बागमतीमा २, गण्डकीमा २ र सुदूरपश्चिममा २ सिट पाउने भएको छ । यस्तै कर्णाली र लुम्बिनीमा कांग्रेसले थप १–१ सिट पाउने सहमति भएको छ ।

यस्तै माओवादी केन्द्रले कोशीमा १, बागमतीमा १, गण्डकीमा १, लुम्बिनीमा १, कर्णालीमा १ र सुदूरपश्चिममा १ सिट पाउने सहमति भएको छ । यस्तै एकीकृत समाजवादी बागमती र कर्णालीमा १–१ सिट पाएको छ । यस्तै जसपाले मधे्मा एक सिट पाएको छ ।

नेता लेखकले अब पार्टीहरूको आन्तरिक बैठक बसेर उम्मेदवार टुंगिने बताए ।

प्रकाशित मिति: २२ पुस २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्