एकीकृत समाजवादीले सचिवालय बैठक बोलायो


 


काठमाडौं, पुस २२ । एकीकृत समाजवादी केन्द्रले सचिवालय बैठक बोलाएको छ ।

अहिले बिहान साढे ११ बजे पार्टी मुख्यालय आलोकनगरमा ७२ औं सचिवालयको बैठक बोलाइएको एकीकृत समाजवादीका उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए ।

शनिबार दिउँसो बसेको ७१ औं सचिवालय बैठकले राष्ट्रिय सभाको उम्मेदवारको टुंगो लगाउने जिम्मा अध्यक्ष माधवकुमार नेपाल, उपाध्यक्ष राजेन्द्र पाण्डे र महासचिव घनश्याम भूसालललाई दिएको थियो ।

आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक बसेको थियो । बैठकमा सिट कुरा नमिलेपछि थप निर्णय लिन एकीकृत समाजवादीले आकस्मिकरूपमा सचिवालयको बैठक बोलाएको हो ।

प्रकाशित मिति: २२ पुस २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्