रत्न तथा आभूषण सङ्घ कर्णाली प्रदेश अध्यक्षमा पाण्डेय


 


कर्णाली, पुस २२ । सुनचाँदी रत्न तथा आभूषण सङ्घ कर्णाली प्रदेश समिति अध्यक्षमा देवीकृष्ण पाण्डेय निर्वाचित हुनुभएको छ । शनिबार सम्पन्न सङ्घको तेस्रो साधारणसभा तथा दोस्रो महाधिवेशनबाट निर्विरोध निर्वाचित पाण्डेयको अध्यक्षतामा १४ सदस्यीय प्रदेश कार्यसमिति चयन भएको हो ।

सोमननारायण कौशल उपाध्यक्ष, तोचेशकुमार सुनार महासचिव, हीरालाल सुनार र नरेशकुमार सचिव र जगतकुमार विश्वकर्मा कोषाध्यक्ष चयन हुनुभएको नवनिर्वाचित अध्यक्ष पाण्डेयले जानकारी दिनुभयो ।

सदस्यमा कुमार विश्वकर्मा, कोमलसिंह विश्वकर्मा, अनिपाल पाण्डेय, कविराज न्यौपाने, दिलराम सुनार, धनबहादुर सुनार, विशाल सुनार र खगेन्द्र सुनार चयन भएको उहाँले जनाउनुभयो । कार्यसमितिको पदावधि तीन वर्षको हुनेछ ।

त्यस्तै सङ्घको १७ सदस्यीय सुर्खेत जिल्ला कार्यसमिति पनि चयन भएको छ । समितिको अध्यक्षमा दिनेश घिमिरे निर्विरोध निर्वाचित हुनुभएको हो । वरिष्ठ उपाध्यक्ष सन्तोष बराईली, प्रथम उपाध्यक्ष कमल खड्का (जूनी), द्वितिय उपाध्यक्ष गोविन्द गहतराज, महासचिव मदनकुमार सिंह, सचिव सुरेन्द्र विश्वकर्मा र कोषाध्यक्ष गणेश गौतम चयन हुनुभएको छ ।

कार्यसमिति सदस्यमा जङ्गबहादुर सुनार, झपेन्द्र गहतराज, नरबहादुर सुनार, राजकुमार सुनार, दीपक सुनार, नवीन लोहोनी, वीरबहादुर सुनार (प्रकाश), सुरज विश्वकर्मा र वीरबहादुर सुनार चयन हुनुभएको छ । समितिको कार्यावधि तीन वर्षको हुने जनाइएको छ । रासस

प्रकाशित मिति: २२ पुस २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्