अनलाइनमार्फत बैंक खाताबाट पैसा चोर्ने युवक पक्राउ


 


काठमाडौँ, पुस २२। अनलाइनमार्फत ठगी गरेको आरोपमा प्रहरीले काठमाडौंबाट एकजना युवकलाई पक्राउ गरेको छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार धनुषाको जनकपुर उपमहानगरपालिका–१४ घर भएका २१ वर्षीय भाग्य नारायण यादव पक्राउ परेका हुन् ।

पीडितको मोबाइलमा अननोन सोर्स भएको युआरएल लिंक म्यासेज पठाएर सो लिंकबाट बैंक खातामा पहुँच बनाएर यादवले ठगी गरेको खुलेको उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी (एसपी) रविन्द्र रेग्मीले बताए ।

उनका अनुसार यादवले बैंक खातामा पहुँच बनाएर आरोपीले मौज्दात रकम अन्यत्र बैंक खाता तथा वालेटमा ट्रान्सफर गरेर ठग्ने गरेका थिए । उनलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर टेकुमा पठाइएको एसपी रेग्मीले बताए ।

प्रकाशित मिति: २२ पुस २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्