सुनचाँदीको मूल्य तीन दिनदेखि स्थिर


 


काठमाडौं, पुस २२ । नेपाली बजारमा यसअघि दुई दिन स्थिर रहेको सुनको मूल्य यो साताको पहिलो दिन आज (आइतबार) पनि स्थिर छ ।

सुन आज पनि प्रतितोला एक लाख २० हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ । सुन अघिल्लो साताको विहीबार र शुक्रबार पनि सोही मूल्यमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि लगातार तीन दिन स्थिर रहँदै प्रतितोला एक हजार चार सय २० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: २२ पुस २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्