सर्लाहीका विभिन्न ठाउँमा विरोध प्रदर्शन, निषेधाज्ञा जारी


 


मलंगवा, पुष २१ । सर्लाहीको बरहथवामा प्रहरीको गोली लागेर एक युवकको मृत्यु भएपछि जिल्लाका विभिन्न ठाउँमा प्रदर्शन भइरहेको छ

बरहथवामा शुक्रबार साँझ भएको प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले बल प्रयोग गर्दा बरहथवा नगरपालिका ६ का जयशंकर साहको गोली लागेर मृत्यु भएको थियो

युवकको मृत्युको विरोधमा आक्रोशित युवाहरु शनिवार बिहानैदेखि बरहथवा, मलंगवा, सलेमपुर, कविलासी, गौर लगायतका बजारमा बिहानैदेखि विरोध प्रदर्शन गरिरहेका छन्।

बाटोमा टायर बालेर प्रदर्शन गर्दा बिहानैदेखि मलंगवा नवलपुर सडकखण्डमा सवारी साधन चल्न सकेको छैन।

बरहथवा क्षेत्रमा पनि सवारी आवागमन ठप्प नै छ। आक्रोशित स्थानीयले मृतक युवाको शव शुक्रवार साझैंदेखि घटनास्थलबाट उठाउन दिएका छैनन्। स्थानीय प्रशासनले भिडभाड तथा विरोध प्रदर्शनलाई मध्यनजर गर्दै निषेधाज्ञा जारी गरेको छ।

प्राथमिक स्वास्थ्य केन्द्र स्तरोउन्नतिका लागि मधेस प्रदेश सरकारलाई हस्तान्तरण गर्ने नगर कार्यपालिकाको निर्णय कार्यान्वयन गर्न माग गर्दै कांग्रेससहितका दलले गरेको प्रदर्शन उग्र बनेपछि स्थिति तनाव ग्रस्त बनेको हो।

प्रकाशित मिति: २१ पुस २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्