सत्तारुढ गठबन्धनको बैठक निष्कर्षविहीन, राष्ट्रियसभाको सिटमा मिलेन कुरो


 


काठमाडौँ, पुस २१ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठक बिनानिष्कर्ष सकिएको छ ।

आगामी माघमा हुने राष्ट्रियसभा निर्वाचनमा सदस्यको भागबण्डाका विषयमा छलफल गर्न बसेको बैठक बिनानिष्कर्ष टुंगिएको हो ।

सिटका विषयमा सामान्य छलफल भएर बैठक सकिएको जसपा अध्यक्ष उपेन्द्र यादवले बताए । सिटका विषयमा सबै दलले पार्टीको धारणा खेको र बताए ।

छलफलका क्रममा कांग्रेसले सिट बढी मागेको र साना दल नाउपा र जनमतले पनि भाग खोजेपछि सहमती हुन नसकेको बताइएको छ । बैठक पुनः ४ बजे बस्ने भनिएको छ ।

प्रकाशित मिति: २१ पुस २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्