भ्यानको ठक्करबाट साइकल यात्रीको मृत्यु


 


बर्दिया, पुस २१ । बर्दियामा भ्यानको ठक्करबाट एक साइकल यात्रीको मृत्यु भएको छ ।

नेपालगन्जबाट राजापुर तर्फ गइरहेको भे१ज १३३७ नम्बरको यात्रुवाहक भ्यानको ठक्करकाट साइकल यात्रुको मृत्यु भएपछि मधुवन नगरपालिका–३ का ५४ वर्षीय नोके दमाईको मृत्यु भएको हो ।

उक्त घटनापछि ओरालीबजारमा तनाव भएको छ । कोठियाघाट राजापुर हुलाकी सडक खण्डको राजापुर नगरपालिका–१० खैरीचन्दनपुरमा उक्त भ्यानले साइकल यात्रलिाई दमाईलाई ठक्कर दिएको हो ।

प्रहरीले भ्यानसहित चालकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं डीएसपी तिलकराम अर्यालले जनाए । घटनाबारे थप अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २१ पुस २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्