एमाले उपत्यका विशेष प्रदेश कमिटीको प्रथम बैठक सम्पन्न


 


काठमाडौं, पुस २१ । नेकपा ९एमाले० उपत्यका विशेष प्रदेश कमिटीको प्रथम बैठक शुक्रबार सम्पन्न भएको छ ।

पार्टीका पोलिटव्यूरो सदस्य तथा उपत्यका विशेष प्रदेश कमिटी इन्चार्ज सुजिता शाक्यको प्रमुख आतिथ्य र विशेष प्रदेश कमिटी अध्यक्ष प्रेमकुमार पराजुलीको अध्यक्षतामा बैठक सम्पन्न भएको हो ।

बैठकले प्रदेश कमिटीमा १२ जना सदस्य मनोनीत गरेको छ भने पदाधिकारी, विभाग प्रमुख र जिल्ला इन्चार्जसमेत गरी १७ सदस्यीय सचिवालय र सल्लाहकार परिषद् पनि गठन गरेको छ ।

त्यसैगरी बैठकले वार्षिक कार्ययोजना पारित गरेको छ भने प्रदेश कमिटीका पदाधिकारी तथा सदस्यहरूको कार्य विभाजन गरेको छ । यस क्रममा नौवटा विभाग गठन गर्नुका साथै एउटा कार्यदल बनाएको छ ।

वार्षिक कार्ययोजना अन्तर्गत जिल्ला कमिटी र इलाका कमिटीका अधिवेशनहरू सम्पन्न गर्नेलगायतका निर्णहरु पनि गरिएको छ । बैठकले राज्यलाई हानि नोक्शानी पुर्‍याउने गरी भएको भनिएको एनसेल विक्री प्रकरणको पनि विरोध जनाएको छ ।

प्रकाशित मिति: २१ पुस २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्