माइतीघरबाट गोविन्द केसीसहितका अभियन्ता पक्राउ


 


काठमाडौँ, पुस २ज्ञ । माइतीघरमा प्रदर्शन गर्ने क्रममा डाक्टर गोविन्द केसीसहित साताजना अभियन्ता पक्राउ परेका छन् ।

उनीहरुलाई निषेधित क्षेत्र घोषणा गरिएको माइतीघर पुगेको केही क्षणमै प्रहरीले पक्राउ गरेको हो ।

स्वास्थ्य र मेडिकल शिक्षामा सुधार, सबै नागरिकको स्वास्थ्य सेवा पाउने अधिकार तथा विद्यार्थीहरूको योग्यताका आधारमा निःशुल्क वा न्यूनतम शुल्कमा मेडिकल शिक्षाका कोर्सहरू पढ्न पाउने अधिकार अनि न्याय र सुशासनको माग गर्दै उनीहरू प्रदर्शनमा उत्रिएका थिए ।

त्यस्तै द्वन्द्वपीडितलाई न्याय दिन तथा माइतीघरको निषेधाज्ञा हटाउन पनि उनीहरूले माग गरेका छन् ।

प्रकाशित मिति: २१ पुस २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्