रास्वपाले आज ५६ वटा वडामा अधिवेशन गर्दै


 


काठमाडौँ, पुस २१ । राष्ट्रिय स्वतन्त्र पार्टीले आज (शनिबार) देशभर ५६ वटा वडामा अधिवेशन गर्दैछ ।

रास्वपाले कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका ५६ वटा वडामा अधिवेशन आयोजना गर्न लागेको रास्वपा सहमहामन्त्री तथा संगठन विभागका प्रमुख कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।

उनका अनुसार कोशी प्रदेशमा १८, बागमतीमा १०, गण्डकीमा १६, लुम्बिनीमा ७ र सुदूरपश्चिममा ५ वटा वडाको अधिवेशन हुँदैछ ।

वडा अधिवेशनका लागि रास्वपाले केन्द्रीय नेताहरुलाई अनुगमनका लागि समेत खटाएको छ ।

प्रकाशित मिति: २१ पुस २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्